राजनीति


कांग्रेसभन्दा एमाले ९६ हजार र रास्वपाभन्दा माओवादी ४९ हजार मतान्तरले अगाडि

कांग्रेसभन्दा एमाले ९६ हजार र रास्वपाभन्दा माओवादी ४९ हजार मतान्तरले अगाडि

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १३:२७, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ पनि मत गणना जारी छ। निर्वाचन आयोगले यसको अध्यावधिक गरिरहेको छ।

दिउँसो सवा १ बजेसम्मको तथ्यांकअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २३ लाख ३४ हजार ३ सय ४५ मत पाएको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ३७ हजार ४ सय ९१ मत ल्याएको छ। अर्थात् कांग्रेसभन्दा एमाले ९६ हजार ८ सय ४५ मतले अघि छ। 

यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ९ लाख ७८ हजार १ सय ४ मत प्राप्त गरेको छ। उसको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टी छ। चौथो स्थानमा रहेको उसले यो खबर लेख्दासम्म ९ लाख २८ हजार ८ सय ९९ मत पाएको छ। अर्थात् माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच ४९ हजार २ सय ५ छ।

पाँचौं स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८८ हजार १ सय ५० मत ल्याएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .