कारोबार


प्रिमियम सामसङ टिभी खरिदमा निःशुल्क साउन्डबार, ३० प्रतिशतसम्म क्यासब्याक

प्रिमियम सामसङ टिभी खरिदमा निःशुल्क साउन्डबार, ३० प्रतिशतसम्म क्यासब्याक

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १३:२९, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले यो फुटबल सिजन लक्षित 'एक्सपिरियन्स द एक्साइटमेन्ट' अफर ल्याएको छ।

सामसङले यो अफरमा सामसङको टिभीहरु खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्युएलईडी प्रिमियम यूएचडी टिभीहरूको खरिदमा निःशुल्क साउन्डबारसहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने योजना ल्याएको हो।

सामसङ टिभीहरूको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरूलाई हरेक खेलमा साउन्डबारको कुनै कम्प्रमाइजविना इमर्सिभ दृश्य प्रदान गर्दछ। जसले दर्शकहरूलाई विश्वस्तरीय साउन्डको अनुभव दिन्छ।

ग्राहकहरूले आफूले छनोट गरिएका आउटलेटहरूबाट टिभि खरिद गर्दा शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी, डिस्काउन्ट भाउचरहरू विभिन्न लोकप्रिय रेष्टुरेन्टहरूमा स्वादिष्ट भोजनको आनन्द लिँदै ठूला सामसङ टिभी स्क्रिनहरूमा फुटबल हेर्न सक्नेछन्।

यसका साथै ग्राहकहरुले एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन समेत प्राप्त गर्न सक्नेछन्। जसका लागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्सअन्तर्गतका सामसङ प्लाजाहरुद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डट कममार्फत एक्सचेन्ज गर्नुपर्ने कम्पनीले जनाएको छ।

'एक्सपिरियन्स द एक्साइटमेन्ट' यो अफर ३१ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ। जुन विश्व कप सिजनमा साथी र परिवारसँग खेल आनन्द लिन आफ्ना टिभीहरू अपग्रेड गर्न आतुर ग्राहकहरूका लागि उपयुक्त समय हो।

प्रिमियम स्तरका टेलिभिजन सेटहरूमा क्यूएलईडी टिभीहरू रहेका छन्। जसमा १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम उपलब्ध छ। साथै प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथ डिस्काउन्ट गरिएको मूल्यमा उपलब्ध छन्।

सामसङको क्रिस्टल फोरके यूएचडी टिभीहरू पावरफुल फोरके एचडी डिस्प्लेमा लाइफ लाइक बिलियन ट्रु कलर्सका लागि परिचित छ।

कम्पनीले भनेको छ, '७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोरके यूएचडी टिभी खरिद गर्नुहोस् र डिस्काउन्ट मूल्यको साथ नि:शुल्क साउन्डबार प्राप्त गर्नुहोस्।'

सामसङ फ्रेम टिभीहरु खरिद गर्दा पनि यस योजना अवधिभर डिस्काउन्ट मूल्यसहित निःशुल्क साउन्डबार प्राप्त गर्न सकिन्छ। 

सामसङको टिभीमा एक वर्षको वारेन्टी उपलब्ध हुनेछ। साथै प्यानलहरूमा पनि थप एक वर्षको वारेन्टी मात्र उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत ३१ डिसेम्बर २०२२ सम्म नेपालभर उपलब्ध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad