राजनीति


प्रदेशबाट संघमा भीम आचार्यको फड्काे, सुनसरी २ बाट निर्वाचित

प्रदेशबाट संघमा भीम आचार्यको फड्काे,  सुनसरी २ बाट निर्वाचित

फाइल।


ध्रुव भट्टराई
मंसिर १०, २०७९ शनिबार २०:२१, विराटनगर

सुनसरी २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्य निर्वाचित भएका छन्। 

उनी ३२ हजार ८ मतसहित प्रतिनिसिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गर्दै आचार्य प्रदेशसभाबाट प्रतिनिधिसभामा फड्को मारेका हुन्। 

आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दा मेहताले २६ हजार ५८ मत प्राप्त गरेका छन्। सुनसरी २ मा मेहताले संविधान सभा निर्वाचन र गत ०७४ को प्रतिनिधि सभामा निर्वाचित भएका थिए। 

आचार्यले पहिलो पटक २०६४ को पहिलो संविधानसभामा सुनसरी ६ बाट निर्वाचित भएका थिए भने ०७० मा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आचार्य २०७४ को चुनावमा सुनसरी–१ (१) बाट प्रदेश सभामा निर्वाचित भएका थिए। 
 
आचार्य यसअघि प्रदेश नं १ को सदस्यमा निर्वाचित भइ छोटो अवधिका लागि मुख्यमन्त्रीसमेत बनेका थिए। साथै उनले प्रतिनिधिसभाबाट संघीय सांसदको ढोका खुला गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .