ad ad

राजनीति


गाउँका मुखियाको सिंहदरबार यात्रा

गाउँका मुखियाको सिंहदरबार यात्रा

वाशुदेव मिश्र
मंसिर ९, २०७९ शुक्रबार १२:३६, पोखरा

कास्कीको उत्तरपूवी गाउँ सिक्लेसका बासिन्दा आफूलाई देशकै ठूलो गुरुङ गाउँको बासिन्दा भएको जिकिर गर्छन्। 

झण्डै ७ सय घरधुरी रहेको सुन्दर सिक्लेसमा बाक्लो गुरुङ बस्ती छ। र, त्यो गाउँका मुखिया हुन्, मनबहादुर गुरुङ। 

देशमा ‘मुखिया प्रथा’ छैन तर सिक्लेसीले लोकतन्त्रपछि पनि मनबहादुरलाई ‘चिबा’अर्थात् मुखियाको पगडी गुथाइदिए। 

तत्कालीन पार्चे गाविसको अध्यक्षदेखि अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सिक्लेसमा उनले लामो समयसम्म संरक्षण क्षेत्र व्यवस्थापन समितिको अध्यक्षको भूमिका निभाएका ‘चिबा’लाई २०७४ सालको चुनावमा उनकै क्षेत्रबाट प्रदेशसभाको टिकट दिइयो। 

एमालेबाट कास्की क्षेत्र नम्बर १ को ‘ख’मा उम्मेदवार बनेका मनबहादुरले नेपाली कांग्रेसका सभापति कृष्ण केसीलाई ४ हजार १४७ मतले पराजित गरे। मनबहादुरले १७ हजार २४९ मत ल्याउँदा कृष्णले १३ हजार १०२ मत ल्याएका थिए। 

प्रदेश सांसदको रुपमा उनी कास्कीको उत्तरपूर्वी क्षेत्रको विकासका एजेण्डा उठाउँथे। संसद नहुँदा गाउँ पुग्थे र स्थानीयका समस्याहरुको सुनुवाइ गर्थे। एमालेको दशौं महाधिवेशनमा उनी अध्यक्षका प्रत्यासी बने। 

देशैभर सर्वसम्मत नेतृत्व चयन हुँदा कास्की एमाले चुनावमा गएको थियो। एमाले कास्कीका नेता खगराज अधिकारी समूहको आड पाएका अर्का नेता दामोदर पौडेल ‘वैरागी’ मैदानमा थिए। 

तर,एमाले नेता तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समूहका मनबहादुरले बाजी मारे। उनी अध्यक्ष चुनिए। 

स्थानीय चुनावमा मनबहादुर पोखराको मेयरका आकांक्षी थिए। तर, उनलाई टिकट दिइएन। 

उनै मनबहादुरलाई यो आमनिर्वाचनमा भने संघीय सांसद बन्ने अवसर प्राप्त भयो। 

कास्की  क्षेत्र नम्बर १ बाट सांसद रहेका खगराज अधिकारीले प्रदेशसभा रोजेपछि मनबहादुरले सहजै टिकट पाएका थिए। 

२ हजार ५१९ मतले ५ दलीय गबठन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई पराजित गर्दै उनले सिंहदरबार यात्रा तय गरे। 

मनबहादुरले २५ हजार ७०८ र किशोरदत्तले २३ हजार १८९ मत प्राप्त गरे। 

संयोग कस्तो भने, एमाले कास्कीको दशौं महाधिवेशनमा मनबहादुरले जो सँग प्रतिस्पर्धा गरे, अहिले उनी पनि कास्की क्षेत्र नम्बर ३ बाट विजयी बनेर सिंहदरबार यात्राका सहयात्री बनेका छन्। 

स्थानीयस्तरमा भिजेका मनबहादुरलाई राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका प्रदर्शन गर्ने अवसर मिलेको छ।

यो अवसरलाई कसरी उपयोग गर्छन्, त्यसले नै उनको बाँकी राजनीतिक यात्रा तय गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .