ad ad

कारोबार


जगदम्बा इन्टप्राइजेज बन्यो विद्युत् प्राधिकरणको ठूलो ग्राहक, ४८ मेगावाट बिजुली किन्ने

जगदम्बा इन्टप्राइजेज बन्यो विद्युत् प्राधिकरणको ठूलो ग्राहक, ४८ मेगावाट बिजुली किन्ने

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १२:२०, काठमाडौँ

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ। 

फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत लिन लागेको हो। उद्योगले अहिले करिब ४ मेगावाट विद्युत आपूर्ति लिइरहेको थियो।

प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारणलाइनमार्फत उद्योगलाई थप विद्युत् आपूर्ति दिनेछ। थप विद्युत् आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६÷११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ। 

उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ। 

प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो । 

योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए। 

‘उद्योगले अहिले ४.८ एमभीएको लोड लिइरहेको थियो, थप ४४ एमभीए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोडबमोजिम थप विद्युत् दिन सुरु गरिएको छ’, उनले भने, ‘स्वीकृति लोडअनुसार विद्युत् लिएमा उद्योगले मासिक रुपमा २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .