राजनीति


समानुपातिक मत अपडेट : एमालेले १० लाख, कांग्रेसले साढे ९ लाख कटाए (हेर्नुहोस् १० दलको सूची)

समानुपातिक मत अपडेट : एमालेले १० लाख, कांग्रेसले साढे ९ लाख कटाए (हेर्नुहोस् १० दलको सूची)

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १०:७, काठमाडौँ

जारी मत गणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। 

निर्वाचन आयोगको अध्यावधिक (बिहान ९:५३ बजे) तथ्यांकअनुसार एमालेले १० लाख ४ हजार १ सय ६२ समानुपातिक मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५५ हजार ९ सय ८९ मत ल्याएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत प्राप्त गरेको छ। 

आयोगको विवरणअनुसार चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ४२ हजार ३८ समानुपातिक मत पाएको छ भने पाँचौँ स्थानमा रहँदै  

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५५ हजार ५६ समानुपातिक मत ल्याएको छ। 

छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख २७ हजार ९ सय ८३ समानुपातिक मत पाएको छ भने ७५ हजार ८ सय ५३ मतका साथ जनमत पार्टी समानुपातिकतर्फ सातौं स्थानमा छ। 

आयोगका अनुसार आठौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ७१ हजार २ सय १४ समानुपातिक मत प्राप्त गरेको छ।

यस्तै नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६९ हजार ९ सय ६८ समानुपातिक मत ल्याएको छ भने ५६ हजार ९ सय २८ मतका साथ नेपाल मजदुर किसान पार्टी समानुपातिकतर्फ दसौँ स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .