राजनीति


कञ्चनपुर–२ बाट प्रतिनिधिसभामा एनपी साउद विजयी

कञ्चनपुर–२ बाट प्रतिनिधिसभामा एनपी साउद विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ०:४७, काठमाडौँ

नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन। क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालयका अनुसार साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्। 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मतसहित तेस्रो भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर २ मा १ लाख ५ हजार ५७७ मतदाता छन्। जसमध्ये ६४ हजार ७५२ मत खसेको थियो। 
खसेको मतमध्ये ५९ हजार ८३२ सदर र ४ हजार ९२० मत बदर भएको कार्यालयले जनाएको छ। 

साउद २०७४ को निर्वाचनमा धामीसँगै पराजित भएका थिए। उक्त निर्वाचनमा उनले २४ हजार ८९३ मत ल्याउँदा धामी ३३ हजार २०२ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad