राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फ दोस्रो जित निकालेको छ। जुम्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ज्ञानेन्द्र शाही दोब्बर मतान्तरसहित विजयी भएका हुन्।
यो सहित राप्रपाले प्रतिनिधिसभामा दोस्रो जित निकालेको हो। यसअघि बाँके–२ बाट धवलशमशेर जबरा विजयी भएका थिए।
शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवर ११ हजार ९ सय ५९ मत प्राप्त गरेका छन्।
1.2k
Shares

प्रतिक्रिया