बझाङमा नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरलाई ९९८ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।
बझाङको निर्वाचन अधिकृतको कार्यालयका अनुसार एकीकृत समाजवादीका नेता जोशीले २८ हजार १४३ मत ल्याएका छन्।
उनका निकटतम् प्रतिष्पर्धी एमालेका महरले २७ हजार १४५ मत पाएका छन्।
357
Shares

प्रतिक्रिया