ad ad

राजनीति


रामकुमारी झाँक्रीले दिइन् गोकर्ण विष्टलाई बधाई, गुल्मीको विकास यात्रामा साथ दिने वचन

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो’
रामकुमारी झाँक्रीले दिइन् गोकर्ण विष्टलाई बधाई, गुल्मीको विकास यात्रामा साथ दिने वचन

फाइल तस्बिर : रामकुमारी झाँक्री र गोकर्ण विष्ट


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १४:५१, काठमाडौँ

गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई उनैसँग हारेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बधाई दिएकी छन्। 

अन्तिम मत परिणाम सार्वजनिक भएको दिन बुधबार झाँक्रीले सामाजिक सञ्जालमार्फत विष्टलाई बधाईका साथै सफल कार्यकालका लागि शुभकामना दिएकी हुन्। यति मात्र होइन, झाँक्रीले गुल्मीको विकास र समृद्धिको यात्रामा साथ दिने वचन पनि दिएकी छन्। 

उनले फेसबुकमा लेखेकी छन्, ‘यो निर्वाचनमा विजयी मेरो आदारणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैँ साथमा रहनेछु।’

निर्वाचनमा हार–जित हुनु सामान्य प्रक्रिया भएको उल्लेख गर्दै नेता झाँक्रीले आफ्नो पराजयलाई अत्यन्तै सहज रूपमा लिएको पनि बताएकी छन्। 

बरु यो निर्वाचनले आफूलाई ठूलो शिक्षा दिएको उनले उल्लेख गरेकी छन्। 

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो। ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ’, उनले लेखेकी छन्, ‘यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization  (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि, त्योचाहिँ लोकतन्त्रको लागि गम्भीर छ, डरलाग्दो छ।’

उनले आफू हारे पनि आफ्ना पक्षमा मत हाल्ने मतदाता तथा सहयोग गर्ने सहकर्मी र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन पनि गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .