एमाले महासचिव शंकर पोखरेललाई ६ सय ४ मतान्तरले पछाडि पार्दै दाङ– २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता सुरु गरेकी छन्।
नेपालखबरलाई प्राप्त जानकारी अनुसार माओवादी केन्द्रकी शर्माले १ हजार ४ सय ५० मत प्राप्त गर्दा एमाले महासचिव पोखरेललाई ८ सय ४६ मत प्राप्त भएको छ।
दाङका पत्रकार नरेन्द्र केसीका अनुसार, बगलाचुली गाउँपालिकाको तीन वटा बुथ, घोराही नगरपालिका –१९ को एउटा र सोही नगरपालिकाको वडा नं १५ को एउटा बुथको मतगणना भएको हो।
‘अहिले मतगणना भएका बुथहरुमा स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको बलियो उपस्थिति थियो’ पत्रकार केसीले भने, ‘स्थानीय तह निर्वाचनको रुझान यी बुथहरुमा अहिलेपनि देखिएको छ।’
78
Shares

प्रतिक्रिया