राजनीति


गोरखाका ८ केन्द्रमा पुनः मतदान गर्न एमालेसहित ८ दलको माग

गोरखाका ८ केन्द्रमा पुनः मतदान गर्न एमालेसहित ८ दलको माग

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १५:७, काठमाडौँ

गोरखा क्षेत्र नम्बर १ र २ का ८ वटा मतदान केन्द्रमा पुनः मतदान माग गर्नपर्ने भन्दै नेकपा एमाले लगायतका दलहरुले माग गरेका छन्। 

गठबन्धनमा आवद्ध लहरुले लोकतन्त्र विरोधी कामहरु गरेको आरोप लगाउँदै ८ दलले पुनः मतदान गर्न माग गरेका हुन्। 

नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँ, प्रतिनिधिसभा २ (क) का उम्मेदवार राजु राना, प्रतिनिधि सभा २ (क)का उम्मेदवार वसन्त कुमार गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी लगायका स्वतन्त्र उम्मेदवारहरुले पुनः मतदानको माग गरेका हुन्।  नेपाल परिवार दलका रविन्द्र थापा, राप्रपाका राजेन्द्र विक्रम शाह, हाम्रो नेपाली पार्टीका सरोज राज गिरी, विल बहादुर तामाङ लगायतले पुनः मतदानको माग गरेका हुन्।

‘स्वतन्त्र निष्पक्ष र धाँदली रहित निर्वाचनको मूलमर्ममाथी प्रहार गर्दै अपवित्र र अराजनैतिक गठबन्धन पक्षधरहरुबाट गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ का विभिन्न मतदान केन्द्रहरुमा सत्ता र शक्तिको आडमा मृतक, वेपत्ता, विदेशमा रहेका, तथा अनुपस्थित मतदताहरुको नामबाट मतदान गर्ने, अन्य उम्मेदवारका फर्जि प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरुलाई तर्साउने र भौतिक आक्रमण गर्ने, प्रतिनिधिहरुलाई बोल्न नदिने, मतदाताहरुको इच्छा विपरित समातेर लगेर मतदान गर्ने, धम्क्याउनको लागि काउण्टर राख्ने वाध्य पारेर मुचुल्कामा सहि गराउने जस्ता अवान्छित कृयाकलापहरु भएका छन्,’ ८ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

यी हुन पुनः मतदान गर्न माग गरिएका केन्द्रः
निर्वाचन क्षेत्र नं. २
१. सूर्यज्योती मा.वि. वारपाक सूलिकोट गाउँपालिका
२. जीवनज्योती मा.वि. पा.न.पा. ७
३. दुर्गा मा.वि. रन्चोक वारपाक सूलिकोट गाउँपालिका ४
४. हिमालय मा.वि. वारपाक सुलिकोट गाउँपालिका ४
५. ज्ञानज्योती मा.वि. अजिरकोट गाउँपालिका ३
६. स्थानिका आधारभूत विद्यालय पा.न.पा. १ ८. परोपकार मा.वि. जौवारी, सिरान्चोक
निर्वाचन क्षेत्र नं. १
१. वालकल्याण आधारभूत विद्यालय भिमसेनथापा गाउँपालिका १ - पार्वती आधारभूत विद्यालय धार्चे गाउँपालिका ३
२. भिमसेन आधारभुत विद्यालय, भिमसेन थापा गाउँपालिका ८ विन्द्रावती मा.वि. भिमसेन थापा गाउँपालिका १

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad