राजनीति


एकता घोषणा कार्यक्रममा सञ्चारमन्त्री खरेलको आग्रह : एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला

एकता घोषणा कार्यक्रममा सञ्चारमन्त्री खरेलको आग्रह : एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १३:१४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ (एनआरएनए) लाई राजनितिक दलको नबनाउन आग्रह गरेका छन्। 

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार भएको संघको एकता घोषणा कार्यक्रममा सञ्चारमन्त्री खरेलले एनआरएनएका नेताहरू पार्टीको बन्दा समस्या भएको बताए।

उनले एनआरएनएका अभियन्ता राजनीतिक दलमा आबद्ध हुँदा संस्थाको गरिमा नै खस्किँदै गएको टिप्पणी गरे। 

स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनले बताए।

यस क्रममा सञ्चारमन्त्री खरेलले एनआरएनएलाई राजनीतिक दल र राजनीतिमुक्त बनाउने अवसर यही भएको पनि बताए।

‘नेपालमा गैरआवासीय नेपाली संघ भन्नेबित्तिकै यस्तो ओज, यस्तो गरिमा, यस्तो गहकिलोपन, यस्तो विश्वास, सम्मान यहाँहरूले कायम गर्नुभएको थियो। पछिल्ला वर्षहरूमा त्यो खस्किँदै गयो। त्यो किन खस्कियो भन्दाखेरि एनआरएनएका अधिकांश नेता र अधिकांश गुटहरू राजनीतिक दलका गुट र नेता भए’, उनले भने, ‘फलानो राजनितिक दलका एनआरएन, फलानो राजनीतिक दलका एनआरएन भयो। तपाईंहरू चोइटिनुभयो, तपाईंहरूको गरिमा नै स्खलित हुँदै गयो। अब एउटा ठूलो अवसर आएको छ। पार्टीको एनआरएनए नबनाइदिनुहोला। एनआरएनएलाई समग्र गैरआवासीय नेपालीको र नेपाली जनताको, यो राष्ट्रको समग्र हितमा राख्नुहोला। पार्टीभन्दामाथि तपाईंहरू उठ्दिनुभयो भने त्यो सम्भव छ।’ 

उनले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था, गैरआवासीय नेपाली नागरिकत्ता कार्यान्वयनमा देखिएको समस्याबारे सरकार गम्भीर रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad