राजनीति


एमाले रामेछापले छान्यो यी १२ जना महाधिवेशन प्रतिनिधि

एमाले रामेछापले छान्यो यी १२ जना महाधिवेशन प्रतिनिधि

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १३:३७, काठमाडौँ

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन्।

रामेछापबाट खुल्ला ६ जना, महिला ४ जना, युवा १ जना र उत्पीडित १ जना गरी कुल १२ जना प्रतिनिधि चयन भएका हुन्।

प्रतिनिधिको लागि ६७ जनाको मनोनयन दर्ता भएको थियो। 

मनोनयन दर्ता गरेका उम्मेदवारहरुकोबीचमा सहमित गर्न बनेको कार्यदलले सम्पूर्ण उम्मेदवारसँग सहमति लिएर सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको हो। 

महाधिवेशन प्रतिनिधिको सबै क्लष्टरमा सर्वसम्मत रुपमा  प्रतिनिधि चयन भएका जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले जानकारी दिए। 

खुल्लाबाट आनन्दकुमार श्रेष्ठ,  इन्द्रबहादुर तामाङ,  टंकप्रसाद चौलागाई, पुरुषोत्तम कडरिया, शान्ति प्रसाद पौडेल र ज्ञानकुमार योञ्जन चयन भएका छन्। 

त्यसैगरि महिला तर्फ गङ्गादेवी कार्की, मखमली श्रेष्ठ, शान्ता न्यौपाने सुवेदी र सीताकुमारी खत्री चयन भएका छन्। 

युवाबाट बलबहादुर माझी र उत्पीडित समुदायबाट सिताराम लोहार चयन भएका एमाले रामेछापले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad