राजनीति


बागमतीमा मध्याह्नसम्म ७० प्रतिशत मतदान

बागमतीमा मध्याह्नसम्म ७० प्रतिशत मतदान

सुनिता विष्ट
माघ ११, २०८२ आइतबार १२:१२, हेटौंडा

राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा मध्याह्नसम्म ७० प्रतिशत बढी मतदान भएको छ। 

प्रदेश सभातर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१७ जनाले मतदान गरेका छन्। बागमती प्रदेश सभामा हाल १०४ जना सांसद छन्।

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ जना सांसदले राजीनामा दिएका थिए। राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी भएको छैन।

यस्तै, स्थानीय तहतर्फ २३५ मतदाता छन्। तीन वटा नगरका मेयरले प्रतिनिधि सभामा भाग लिन राजीनामा दिएका छन्। जसले गर्दा स्थानीय तहका तीन जना मतदाता कम भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad