राजनीति


बागमती राजनीतिबारे आफ्ना नेतालाई ओलीले भने- देउवासँग छलफल गरेर निर्णय आउँछ

बागमती राजनीतिबारे आफ्ना नेतालाई ओलीले भने- देउवासँग छलफल गरेर निर्णय आउँछ

नेपालखबर
साउन १५, २०८२ बिहिबार १२:२२, हेटौँडा

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितको टोलीले प्रदेशमा विकसित पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएका छन्।

गएराति एमाले बागमती प्रदेश कमिटी इञ्चार्ज डा राजन भट्टराई नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराएका हुन्।  

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस पार्टी संसदीय दलमा विश्वासको मत गुमाएर इन्द्र बानियाँ संसदीय दलको नेता निर्वाचित भएको र सो पछि उत्पन्न राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराएको बताइएको छ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूमाझ प्रदेशको विकसित नयाँ राजनीतिक  परिस्थितिका सम्बन्धमा रिपोर्टिङ र छलफल भयो,' दलका नेता थपलियाले भने, 'यस्तो अव्स्थामा अब एमाले कसरी अघि बढ्ने भन्ने निर्देशन प्राप्त भएको छ।  अध्यक्षज्यूबाट प्राप्त निर्देशन अनुसार नै हामी अघि बढ्ने छौं।'
 

आफूहरुले बागमतीको समस्याका विषयमा रिपोर्टिङ गराएको बताउँदै नेता थपलियाले थपे, 'अध्यक्ष ज्यु ले सत्तारुढ दल नेपाली कांग्रेस सभापतिसँग यस विषयमा छलफल गरेर मात्रै राजनीतिक निर्णय गरिने जानकारी दिनुभएको छ। त्यसपछि मात्र हामी प्रदेशमा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छौं। त्यसका लागि पनि केन्द्रीय सर्कुलर आवश्यक पर्छ।'

हिजो दिउँसो एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेर कांग्रेसको पार्टीगत निर्णय मान्ने साझा धारणा तय गरेका दलका नेता थपलियासँगै एमालेका नेताहरू राति नै प्रधानमन्त्री भेट्न पुगेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा एमाले बागमती प्रदेश इन्चार्ज भट्टराई, संसदीय दलका नेता थपलियासहित  एमाले बागमती प्रदेश अध्यक्ष  कैलाश ढुंगेल र एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसुदन पौडेलको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad