ad ad

राजनीति


एमाले बागमती अधिवेशन : ११ सय ३१ जनाले गरे मतदान, आजै नतिजा आउने

एमाले बागमती अधिवेशन : ११ सय ३१ जनाले गरे मतदान, आजै नतिजा आउने

नेपालखबर
असोज १२, २०८० शुक्रबार २०:५६, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयन लागि भएको निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको छ। दिउँसोबाट सुरु भएको मतदान प्रक्रिया केहीबेर अघि सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए। 

उनका अनुसार कुल ११ सय ७२ प्रतिनिधि रहेकोमा ११ सय ३१ जना मतदानमा सहभागी भएका थिए।

४१ जना प्रतिनिधि भने अनुपस्थित भएको मुख्य निर्वाचन अधिकृत मैनालीको भनाइ छ। मतदान सकिएसँगै मतगणनाको समेत तयारी भैरहेको उनले बताए।

‘मतदान प्रक्रिया सकियो। अब मतगणना प्रक्रिया पनि तुरुन्तै सुरु हुन्छ। आज ११ बजेसम्ममा नतिजा प्रकाशित गर्ने तयारीमा छौं,’ प्रमुख निर्वाचन अधिकृत मैनालीले नेपालखबरसँग भने।

अध्यक्षमा रामेछापमा कैलाश ढुंगेल र मकवानपुरका कृष्ण प्रसाद दाहाल प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .