सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको गुठी विधेयक उपत्यकालगायत देशैभर विरोध भएपछि मंगलबार नै फिर्ता लिए पनि यसको विरोध आज पनि जारी छ। आज राजधानीको माइतीघरमण्डलामा स्टेज नै बनाएर मानिसहरु भेला भएका छन्।
प्रदर्शनकारीले विधेयक फिर्ता मात्र नभई खारेज नै हुनुपर्ने भन्दै आन्दोलन जारी राख्नुपरेको बताएका छन्। सरकारले गुठी विधेयकमार्फत सम्पदा मास्न खोजेको, संस्कृतिमाथि आक्रमण गरेको भन्दै विगत केही दिनयता सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भइरहेको छ। उनीहरुले विधेयकको विरोध गर्दै आगामी १० गते उपत्यका बन्द नै आह्वान गरिसकेका छन्।

गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले मंगलबार नै विज्ञप्तिमार्फत सरकारलाई दबाब दिने सबैलाई विधेयक फिर्ता भएको भन्दै धन्यवाद दिएका थिए। उनले गुठीसम्बन्धी प्रधानमन्त्रीले पत्रकारसम्मेलनमा प्रयोग गरेको भाषाप्रति पनि आपत्ति जनाएका थिए।
गुठी विधेयक फिर्ता हुनुलाई आफूहरुले आंशिक सफलताको रुपमा लिएको भन्दै खबरदारीका लागि आज माइतीघरमा प्रदर्शन गरिने बताएका थिए।

प्रतिक्रिया