राजनीति


राजपाले समाजवादीसँग एकताका लागि बेलैमा विचार पुराओस्ः यादव

राजपाले समाजवादीसँग एकताका लागि बेलैमा विचार पुराओस्ः यादव

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ५:१९,

उपप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नो पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकताको विकल्प नभएको बताएका छन्।

सप्तरीको राजविराजमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले दुई पार्टीबीच एकताको विकल्प नभएको दावी गरे।

संविधान संशोधन र मधेसको मुद्दालाई केन्द्रमा राखेर दुई पार्टीबीच एकता हुनुपर्ने उनको भनाइ थियो। ‘संविधान संशोधन र मधेसका मुद्दालाई केन्द्रमा राखेर दुई पार्टीबीच एकता हुनुपर्छ, एकताको कुनै विकल्प छैन’, उनले भने। उनले राजनीतिक विकल्पको रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि समयमै विचार पु¥याउन राजपालाई आह्वान गरे।

स्वस्थ्य, जनसंख्या तथा वातावरण मन्त्री समेत रहेका यादवले राजनीतिक विकल्पको रुपमा अब समाजवादी पार्टीमात्रै रहेको दाबी गरे।

संविधान संशोधन गरेर मुलुकलाई निकास दिने जिम्मेवारी वर्तमान सरकारको भएको भन्दै उनले संशोधनको विषयलाई गम्भीरतापूर्वक लिनसमेत सरकारलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad