सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणको अवसरमा स्वागतका लागि भन्दै आइतबार सार्वजनिक बिदा दिने भएको छ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले गृह मन्त्रालयले राखेको बिदाको प्रस्ताव परित गर्दै आइतबार विदा दिने निर्णय गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी चिनपिङ दुई दिने राजकीय भ्रमणका सिलसिलामा शनिबार नेपाल आउँदैछन्। उनी शनिबार र आइतबार दुई दिन नेपालमा रहनेछन्।
नेपाल सरकारले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि सार्वजनिक बिदा दिएको थियो।

प्रतिक्रिया