तर चीनले कस्मिरको विषयमा जुन बयान दिएका छन् त्यो पाकिस्तानलाई खुशी दिने किसिमको छैन। चीनले कस्मिर मुद्दामा आफ्नो पहिलेको धारणा परिवर्तन गरेको छ।
पहिले चीनले कस्मिर मुद्दामा भारतको पुरा विरोध गरेको थियो। यतिबेला चीनले भारत र पाकिस्तानले दुईतर्फी संवादमार्फत् कस्मिर मुद्दा सल्टाउनु पर्ने बताएको छ।
चीनको विदेश मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलनमा आफ्नो धारणा स्पष्ट पारेको थियो। जुन पहिलेभन्दा उल्टो छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले भनेका छन्,‘कस्मिर मुद्दामा चीनको धारणा परिवर्तन भएको छैन। हाम्रो विचार स्पष्ट छ। हामी भारत र पाकिस्तनलाई कस्मिर विवादबारे दुईपक्षिय वार्तामार्फत् समस्या सुल्झाउन सुझाव दिन्छौं। यसरी दुई देशबीच भरोसा बढ्नेछ, सम्बन्धमा सुधार आउनेछ। यसले भारत र पाकिस्तानको समस्या पनि हल हुनेछ।’
चिनियाँ राष्ट्रपति सी चिनफिङ ११ र १२ अक्टुबर अर्थात् यही हप्ताको शुक्रबार र शनिबार भारत भ्रमणमा जाँदैछन्। भारत भ्रमण अगाडि चीनको कस्मिर विवादको धारणा परिवर्तन भएको हो।
यस अगाडि चीनको धारणा पाकिस्तानसँग मिल्दोजुल्दो थियो। भारतले संविधानको धारा ३७० हटाउँदा चीनले पाकिस्तानलेजस्तै भारतको विरोध जनाएको थियो। चीनले जम्मु कस्मिरको विशेषाधिकारको पक्षमा आवाज उठाएको थियो।
पाकिस्तानले कस्मिर विवाद संयुुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लाने बताएको थियो। चीनले यस विषयमा पाकिस्तानको समर्थन गरेको थियो।
केही समय अगाडिमात्र पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिंगले भनेका थिए,‘कस्मिर विवादमा चीनले पाकिस्तानको साथ दिन्छ।’
तर यतिबेला चीनले पाकिस्तान र भारतले कस्मिर मुद्दा दुईपक्षिय छलफलबाट हल गर्नुपर्ने बताइरहेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगका अनुसार पाकिस्तान चीनको महत्वपूर्ण रणनीतिक सहयोगी राष्ट्र हो। दुवै देशका नेताबीच नजिकैबाट छफलफ गर्ने परम्परा छ।
गेंगले पाकिस्तानसँगको आपसी सम्बन्ध मजबुत र व्यवहारिक भएको बताउँदै भारत पनि आफ्नो महत्वपूर्ण छिमेकी राष्ट्र भएको बताए।
उनले भने,‘भारत र चीन दुवै विकासशील राष्ट्र हुन्। दुवै उदयमान ठूला बजारहरु हुन्। बीबीसी हिन्दी

प्रतिक्रिया