कला


दसैँमा सत्याकृत ब्याण्डको ‘एन्टी बली’ सार्वजनिक (भिडियो)


नेपालखबर
असोज १८ ,

दसैँको मुखैमा ‘सत्याकृत ब्याण्ड’ले बलीप्रथाविरुद्धको ‘एन्टी बली’ बोलको गीत सार्वजनिक गरेको छ। सबै प्राणी ईश्वरकै सन्तान भएकोले रगतको बलीले ईश्वर कहिल्यै खुसी नहुनेभन्दै यो प्रथा हटाउनुपर्ने सन्देश ‘एन्टी बली’ले दिएको छ। बली दिने प्रचलन कूप्रथा भएकोभन्दै यसलाई छोड्न सबैलाई ब्याण्डले गीतमार्फत आह्वान गरेको छ।

मानवीय करुणा अनि प्रेमको सन्देश बोकेको श्री हजुरको शब्दलाई गायक सुरसाधले स्वर दिएका छन्। सत्याकृत ब्याण्डको लय तथा सङ्गित संयोजन रहेको उक्त गीतको मिक्सिङ र मास्टरिङ बलिउडका साउण्ड इन्जिनियर आमिर शेखले गरेका हुन्।

गीतमा प्रस्तुत भावअनुसार ‘ईश्वरलाई खुशी बनाउने बाहानामा पशुपंक्षिहरुको निर्मम हत्या गर्ने कूप्रथा हो। बलीले ईश्वर कदापि खुसी हुँदैनन्। उल्टै उनीहरुको आँशु लाग्छ।’ ब्याण्डले सत्य प्रकाशित गर्दै आफूभित्रको लोभ, मोह, काम, क्रोध र अहंकारहरुलाई ईश्वरलाई चढाएर आफू आनन्दित र शान्तिमय जीवन विताउन आव्हान गरेको छ।

सत्याकृत संस्कृति अनि परम्पराबाट टाढिएर आयातित संस्कार अनि संस्कृतिमा रुमल्लिएकालाई आफ्नो वास्तविक संस्कृति अनि परम्परामा फर्कन आवहान गर्दै स्थापित भएको एकमात्र साङ्गितिक समूह हो।

सत्य अनि वास्तविक प्रेमले समाजमा सकारात्मक जागरण ल्याउन सक्छ भन्ने पूर्ण विश्वासका साथ गीत अनि सङ्गितमार्फत त्यही सत्य अनि त्यही प्रेम नेपाल लगायत विश्व समाजलाई बाँडिरहेको दावी सत्याकृत व्याण्का अध्यक्ष विजय गौतमको छ।

नेपालका विभिन्न ठूला ठूला शहरहरु लगायत भारत, दुवई, अस्ट्रेलिया जस्ता देशहरुमा पनि आफ्नो साङ्गितिक प्रस्तुति दिइसकेको ब्याण्डले बाहिरी रङ्गरुपमा भुलिरहेको अहिलेको समाजलाई वास्तविक शान्तिमा सत्यमा स्वयंमा फर्कन सत्य अनि प्रेममय गीत सङ्गितले सेवा गर्दै आएको छ।

असोज १८, २०७६ शनिबार १४:९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad