ad ad

राजनीति


‘चाडपर्वले नेपालीलाई एकतामा बाँधेको छ’

‘चाडपर्वले नेपालीलाई एकतामा बाँधेको छ’

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ९:४४,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडपर्वले नेपालीलाई एकतामा बाँधेको बताएका छन्। नेपालीको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४० का उपलक्ष्यमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाली विचारले अलग अलग भए पनि धर्मका कारण एकताबद्ध बनाएको उल्लेख गरे।

उनले धर्मका नाममा विश्वमा ठूला युद्ध भए पनि नेपालमा त्यस्तो कहिलै नभएको भन्दै नेपालीको महान् पर्वले सबैलाई समृद्धिको बाटोमा लैजाने बताए। ‘कहिलेकाहीँ नेपाली लोभ, मोहका कारण चिप्लिएका छन्’, नेता केसीले भने, ‘अन्तमा धर्मका कारणले गर्दा फुट हुन सक्दैनन्, त्यहीँ नै नेपालीको मुख्य विशेषता हो।’

उनले भूमिगत समयको दशैँलाई स्मरणसमेत गरे। उनले विजया दशमी नेपालीको मेलमिलापको चाड भएको हुँदा यसको महत्व अझैसम्म कायम रहेको उल्लेख गर्दै संसारको अगाडि हामी सबै नेपाली मिलेर जानुको विकल्प नभएको बताए।

‘साना कुरामा नेपालीहरु झगडा गर्छन् तर धर्मका नाममा झगडा भएको सुनिँदैन, यो नै विश्वका लागि सकारात्मक सन्देश हो’, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले बताए। कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नरबहादुर थापा, नगरपालिकाका प्रमुख जनकराज पौडेल, विभिन्न राजनैतिक दल, समाजसेवी र पत्रकारको उपस्थिति रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .