राजनीति


महरातर्फ संकेत गर्दै सञ्चारमन्त्रीले भनेः नराम्रा मान्छे आफैँ पाखा लाग्छन्

महरातर्फ संकेत गर्दै सञ्चारमन्त्रीले भनेः नराम्रा मान्छे आफैँ पाखा लाग्छन्

नेपालखबर
असोज १६, २०७६ बिहिबार ८:५७,

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री बाँस्कोटाले व्यक्तिले गरेका गल्तीको दोष पार्टीलाई दिन नहुने बताएका छन्। उनले समाजमा राम्रा र नराम्रा दुवै खालका मान्छे हुने भन्दै राम्रा मान्छेलाई समाजले स्वीकार गर्ने र नराम्रा मान्छे आफैँ पाखा लाग्ने बताए।

 बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपा नगर कमिटीले आयोजना गरेका दशै तिहार र छटको शुभकामना आदाप्रदान कार्यक्रममा मन्त्री बाँस्कोटाले व्यक्तिहरुले गल्ती गर्न सक्ने भन्दै त्यसको जस,अपजसको भागिदार पार्टी नै हुने बताए।

याैन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरलातर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन्। यद्यपि कार्यक्रममा उनले महराको नाम भने लिएनन्। व्यक्तिका गल्ती पार्टीमा ल्याएर जोड्न नमिल्ने भन्दै उनले व्यक्तिले गरेका दोषको भगिदार व्यक्ति नै हुने बताए। ‘कहिलेकाहीं गएर कुनै व्यक्तिले नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यो उही जिम्मेवार हो नि, उनले भने।

 उनले ठूलो पार्टीभित्र यसखालका घटना हुने भन्दै यसबाट तरंगित र बिचलित समेत नहुन कार्यकर्तालाई निर्देशन समेत दिए।

‘समाजमा राम्रा मान्छे पनि हुन्छन्, नराम्रा मान्छे पनि हुन्छन्,’ मन्त्री बाँस्कोटाले भने, ‘नराम्रा पाखा लाग्छन्, राम्रा मान्छे पार्टीमा रहन्छन्।’ उनले यस घटनालाई लिएर धेरै चिन्तित नहुन समेत कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad