रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीले यौन दुव्र्यवहार प्रकरणमा मुछिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ।
सभामुख महरामाथि सोमबार सार्वजनिक भएको बलात्कार आरोपप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीले भनेको छ, ‘घटनाको सत्यतथ्य विस्तृत विवरण समक्रममा आउने नै छ तर हालसम्म प्राप्त सूचना र आरोपको गम्भीरतालाई हेर्दा सभामुख महराले तुरुन्त राजीनामा दिन साझा पार्टी जोडदार माग गर्दछ।’
राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानबिन र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुग्ने सो पार्टीले उल्लेख गरेको छ।
‘यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई कायम राख्न मद्दत गर्नेछ’, पार्टी प्रवक्ता डा.सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टी छानिबन पश्चात दोषीलाई प्रचलित कानुन बमोजिम सजायको माग गर्दछ।’

प्रतिक्रिया