संसद सचिवालयकी महिलालाई यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन्।
मंगलबार बिहान बसेको नेकपा हाइकमान्ड बैठकले पार्टीको तर्फबाट सभामुख भएका महरालाई पदबाट राजीनामा गर्न निर्देशन दिएको हो।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, सुवाष नेम्वाङसहित सहभागी थिए।
‘बैठकमा छलफलको मुख्य विषय सभामुखज्यूमाथि लागेको यौन दुराचार रहेको थियो’, नेकपा उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘बैठकले उहाँलाई राजीनामा गराउन निर्देशन दिने निर्णय गरेको छ। सचिवालयको बैठकले यसलाई औपचारिकता दिनेछ।’
यो पनि

प्रतिक्रिया