राजनीति


सर्वोच्चले माग्यो महान्यायाधिवक्ता कँडेल बेलायत आवतजावत गरेको अभिलेख

सर्वोच्चले माग्यो महान्यायाधिवक्ता कँडेल बेलायत आवतजावत गरेको अभिलेख

नेपालखबर
असार १६, २०८३ मंगलबार १७:९, काठमाडौँ

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल बेलायत आवतजावत गरेको अभिलेख सर्वोच्च अदालतले झिकाएको छ। महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार यस्तो आदेश दिएको हो।

महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले छुट्टाछुट्टै रिट दायर गरेका थिए। ती रिटमा एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने र पूर्ण सुनुवाइबाटै निरुपण हुनुपर्ने आदेश गरेको हो।

सरकारले २०८२ चैत २२ गते कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। उक्त निर्णयको फाइल पनि सर्वोच्चले माग गरेको छ।

कँडेलसँग बेलायतको स्थायी आवासीय अनुमतिपत्र (पीआर) रहेको आरोप निवेदकको छ। सोहीकारण उनी नेपालको महान्यायाधिवक्ता हुन अयोग्य रहेको विषय उनीहरूले उठाएका छन्।

सर्वोच्चले त्यसको बारेमा बुझ्न अध्यागमन विभागसँग विवरण माग गरेको हो। सन् २०१५ देखि २०२४ सम्म कँडेलको बेलायत आवतजावत गरेको विवरण माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad