राजनीति


तनहुँमा कांग्रेसका नेता रिजाललाई नेकपाका कार्यकर्ताको अवरोध

तनहुँमा कांग्रेसका नेता रिजाललाई नेकपाका कार्यकर्ताको अवरोध

नेपालखबर
असोज १२, २०७६ आइतबार ११:२३,

तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुगेका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुले अवरोध गरेका छन्।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उद्घाटनका लागि पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य डा रिजालबाट गराउने निर्णय भएको थियो र सो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी गराइएको कांग्रेसले जनाएको छ। तर नेकपा कार्यकर्ताहरुले तनहुँ सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटो भत्काएर अवरोध गरेका छन्।

अवरोधपछि नेता रिजालले प्रधानमन्त्री केपी ओलीको विरोधमा कालो झण्डा देखाउनेलाई पक्राउ गर्ने अनि अन्य पार्टीका नेता कार्यकर्ताको बाटो अवरोध गर्न कार्यकर्ता उतार्ने नेकपाको कस्तो शैली हो? भनेर प्रश्न गरे।

नेता रिजालमाथि अवरोध गरिएको विषयमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौँ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले मण्डले शैलीमा कांग्रेस नेता डा रिजाललाई अवरोध गरेको बताएका छन्। वरिष्ठ नेता पौडेलले नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका विज्ञप्तीमा उल्लेख गरेका छन्।

‘पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु’ नेता पौडेलले भनेका छन्।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका पौडेलको आरोप छ। पौडेलले सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधि नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad