हङकङ प्रदर्शन १७ औं हप्तामा प्रवेश, आइतबार एमटीआर स्टेसनमा आगजनी

हङकङ प्रदर्शन १७ औं हप्तामा प्रवेश, आइतबार एमटीआर स्टेसनमा आगजनी

नेपालखबर
असोज १२, २०७६ आइतबार १०:४९,

आइतबार हङकङको एमटीआर स्टेसनमा आगजनी भएको छ। कजवे बेस्थित सोगो डिपार्टमेन्ट नजिकै रहेको एमटीआर स्टेसन अगाडि सरकार विरोधी प्रदर्शनकारीले आगजनी गरेको एससीएमपीले जनाएको छ।

एमटीआर स्टेसनबाट निस्कने ढोकामा आगजनी गरिएको हो। यससँगै प्रदर्शनकारीले हङकङका विभिन्न स्थानमा प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्। उनीहरुले कम्युनिष्ट झण्डा पनि जलाएका छन्।

प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन दर्जनौं प्रदर्शनकारीलाई हिरासतमा लिएका छन्। हङकङमा गत शुक्रबार र शनिबार पनि सरकार विरोधी प्रदर्शन भएको थियो।

सो क्रममा सरकार वरोधी प्रदर्शकारी र सरकारका समर्थकबीच पनि झडप भएको थियो।

शुक्रबार, शनिबार र आइतबार भएको झडपमा सरकार विरोधी प्रदर्शनकारीको आक्रमणबाट चार सरकारका समर्थक घाइते भएको एससीएमपीले उल्लेख गरेको छ।

घाइते हुनेमा एक महिला पनि छिन्। पदर्शनकारीसँग भिड्न जाँदा उनीहरु घाइते भएका हुन्।

शुक्रबार र शनिबार दुई तथा आइतबार दुई गरी चार सरकारका समर्थकहरु प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका हुन्।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .