पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्रसंघको महासभामा भारतविरुद्ध आक्रोश व्यक्त गरेका छन्।
पाकिस्तानले भारतसँग शान्तिवार्ता गर्न चाहेको तर भारतले पाकिस्तानको प्रस्ताव अस्वीकार गरेको भन्दै खानले भारतविरुद्ध आक्रोश व्यक्त गरेका हुन्।
खानले शुक्रबार ५० मिनेट सम्बोधन गरेका थिए। उनले सो क्रममा भारत र पाकिस्तानबीच युद्ध भए त्यसले विश्वमा ठूलो विपत्ति ल्याउने बताए।
खानले सो क्रममा यदी भारत र पाकिस्तानबीच युद्ध भए पाकिस्तानले भारतसँग अन्तिम समयसम्म लड्ने चेतावनी दिए।
उनले भने,‘जब आकारमा सात गुणा सानो देशसँग लड्ने या आत्मसमर्पण गर्ने विकल्प हुन्छ। तब हामी अन्तिम समयसम्म लड्ने छौं यो युद्ध सिमानाभन्दा बाहिर पुग्नेछ। यो चेतावनी होइन। स्वभाविक चिन्ता हो।’ बीबीसी

प्रतिक्रिया