राजनीति


पत्रकारसँग न्याय माग्दै प्रचण्डले भनेः मार्नुपर्छ, जिउँदै कोपर्नुपर्छ, रगत पिउनुपर्छ भन्नेलाई के गर्ने?

पत्रकारसँग न्याय माग्दै  प्रचण्डले भनेः मार्नुपर्छ, जिउँदै कोपर्नुपर्छ, रगत पिउनुपर्छ भन्नेलाई के गर्ने?

नेपालखबर
असोज ११, २०७६ शनिबार ७:११,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदै नभएको समाचार प्रकाशन र प्रसारण गर्ने काम मिडियाबाट भइरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘दैनिक अनलाइन’ नामक नयाँ अनलाइनको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जाल र  डिजिटल मिडिया हेरी नसक्नु भएको बताए।

उनले कतिपय देशले यी मिडिया नियन्त्रणमा लिए पनि आफूहरु नियन्त्रणमा लिने पक्षमा नरहेको प्रस्ट पारे। ‘यसो फेसबुक कहिलेकाँही हेरौँ भन्यो हेरिनसक्नु हुन्छ, आफैँमाथि खनिएको छ, खनिएको छ’, उनले भने, ‘आफूलाई मन मनमा यो त ठीकै हो भन्ने भए त हुन्थ्यो नि, हुँदै नभएको कुरा मात्रै हुन्छ।’

अध्यक्ष प्रचण्डले हुँदै नभएको कुराको उदाहरण समेत दिए। उनले आफूले केही दिनअघि नेपाल आएका भारतका परराष्ट्रमन्त्रीलाई नभेटेको भन्दै मिडियामा प्रचण्ड लुसुक्क बालुवाटार पुगरे भेट्यो भन्ने आएको बताए। ‘भारतको परराष्ट्रमन्त्री यहाँ आउनु भयो, हामी भेटने मै थियौँ तर पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्ष हुनेको नाताले मैले या त हामी कहाँ आउँदा सजिलो हुन्छ या त बीचमा कहीँ, (जहाँ बस्यो त्यो भन्दा बाहिर) भए सजिलो हुन्छ भनियो। तर, त्यो मिलाउन नसकेपछि भेट भएन’, अध्यक्ष प्रचण्डले भने, ‘तर, मिडियामा  खुसुक्क लुकेर गएर बालुवाटारमा भेट्यो प्रचण्डले भनेर आयो। मैले भेटेकै होइन।’

उनले आफूले भेटेकै होइनभन्दा सुन्ने कोही पनि नभएको बताए। उनले मान्छेको दिमागमा नकारात्मक कुराले घर गरेका कारण यस्तो भएको बताए।

उनले हुँदै नभएको र जोसँग साइनो सम्बन्ध नभएको घटनालाई त्यही हो भने भन्ने कुराको प्रतिवाद मिडियाले नै सत्यको अनुसन्धान गरेर इमान्दारितासाथ प्रस्तुत गर्नुभयो। ‘गलत कुराको प्रतिवाद कसरी गर्ने भन्दा त तपाईहरु सत्यको उद्बोधन गरेर, अनुसन्धान गरेर तथ्यका आधारमा इमान्दारिता साथ तपाईहरुले प्रतिवाद गर्दा प्रतिवाद हुने भयो’, उनले भने, ‘हामी नेता फिल्डमा ओर्लेर भनेर त्यो पार लाग्ने देखिएन्।

पत्रकारले नेताहरुलाई परेका पीरमर्का पनि सुनिदिन र न्याय दिन आग्रह गरे। ‘नेताहरु तपाईंसँग न्याय माग्न प¥यो। भन्ने नभन्ने भन्या छ, मार्नपर्छ, जीउँदै कोपर्नपर्छ, टोक्नपर्छ रगत पिउनपर्छ भन्नेलाई के गर्ने?’, उनले भने, ‘तपाईंहरुले न्याय दिनतर्फ सोच्नु होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad