राजनीति


कांग्रेस नेताले भनेः नेकपाले चिनियाँसँग सत्ता कब्जा गर्ने प्रशिक्षण लिए

कांग्रेस नेताले भनेः नेकपाले चिनियाँसँग सत्ता कब्जा गर्ने प्रशिक्षण लिए

नेपालखबर
असोज ८, २०७६ बुधबार १२:२५,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एनपी साउदले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दावी गर्दै गम्भीर आपत्ति जनाएका छन्।

कांग्रेस नेता साउदले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकतामाथि आँच आउने गरी दुई कम्युनिष्ट पार्टीबीच समझदारी गरिएको भन्दै तत्काल सच्चिन पनि सत्तारुढ नेकपालाई आग्रह गरे।

‘नेपालको संविधान, कानूनविपरीतको मान्यता बोकेको चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले समझदारी गरेकोमा कांग्रेसको गम्भीर आपत्ती र असहमति छ’, नेता साउदले भने। उनले नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीलाई बोलाएरै सत्ता कब्जाको प्रशिक्षण लिएको आरोप समेत लगाए।

‘नेकपाले चीनबाट झिकाएर हामीलाई प्रशिक्षण दिनुहोस्, सत्ता कब्जा गर्न सिकाईदिनुहोस भनेर प्रशिक्षण लिएको छ’, चीनबाट सत्ता कब्जा कसरी गर्न सकिन्छ भनेर सिक्ने, प्रशासन र पार्टीलाई कसरी नियन्त्रणमा राखेको छ भनेर सिक्नु र चीनको लामो छलाङको अभ्यास प्रशिक्षण लिएको देखिन्छ यो आपत्तिजनक छ, नेकपाले स्पष्टीकरण दिनुपर्छ।’

उनले नेकपाका शीर्ष नेताहरुले गल्ती स्वीकार गर्नभन्दा पनि आफूले लिएको बाटोलाई बचाऊ गर्न लागेको भन्दै उनले प्रशिक्षण र गोष्ठी गर्नु नै गलत भएको बताए। ‘चीनमा पृथक किसिमको विकास र शासनको मोडल छ, चिनियाँ नेताहरु ल्याएर यहाँ गोष्ठी गर्नु वा महाधिवेशनमा बोलाउनु त स्वभाविक हुन्थ्यो’, उनले भने, ‘तर, स्कुल विभागले गोष्ठी राखेर प्रशिक्षण लिनु गलत हो।’

उनले कांग्रेस चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। ‘उहाँको भ्रमण हुनुपर्छ। नेपाली कांग्रेस सरकारमा भएको बेलामा पनि उहाँलाई भ्रमणको लागि पटक–पटक निम्ता गरेका थियौं’, उनले भने, ‘चीन महत्वपूर्ण मित्र हो। उहाँको भ्रमण मित्रताको आदानप्रदन मात्रै होइन, आर्थिक हिसाबले पनि धेरै राम्रो छ।’

उनले हालै नेपालमा भारत र चीन दुवै देशका विदेशमन्त्रीले भ्रमण गरेको सुनाउँदै यो अत्यन्तै राम्रो पक्ष भएको बताए। ‘नेपालमा चीनका पनि विदशेमन्त्री आउनुभएको छ, भारतका पनि विदशेमन्त्री आउनुभएको छ’, उनले भने, ‘यसरी उच्चस्तरीय प्रतिनिधि नेपालमा आउने कुराले दुई देशबीच सम्बन्ध मजबुद हुन्छ। भ्रमणले विकास निर्माणदेखि जनस्तरमा सम्बन्ध राम्रो बनाउँछ।’ उनले कांग्रेसले भारत र चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताए।

 यता, सत्तारुढ नेकपाका नेता देवेन्द्र पौडेलले भने चिनियाँ नेताहरुले ‘सी विचारधारा’ मान्न आफूहरुलाई कुनै दबाब नदिएको स्पष्टीकरण दिएका छन्। उनले बरु नेपालका कम्युनिष्ट पार्टीहले बेलायत, अमेरिका मोडलको लोकतन्त्रको अभ्यास गरिरहेकोतर्फ पनि कांग्रेस नेताहरुको ध्यानाकर्षण गराए।

नेता पौडेलले लोकतन्त्रको सच्चा हिमायती आफ्नो पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावमा परेको भनेर कुनै पनि राजनीतिक दलले भन्न नमिल्ने तर्क समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad