अटो


नक्सालमा सुजुकीको अत्याधुनिक शोरुम खुल्याे

नक्सालमा सुजुकीको अत्याधुनिक शोरुम खुल्याे

नेपालखबर
असोज ८, २०७६ बुधबार १२:३२,

सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिंग्स तथा सुजुकी फोर ह्विलर्स नेपालले काठमाडौंको नक्सालमा उच्चस्तरीय आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ।

उक्त शोरुमको उद्घाटन सुजुकी मोटर कर्पोरेसन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो र सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले बुधबार गरेका हुन्।

चार हजार ५ सय ५४ वर्गफिट क्षेत्रफलमा फैलिएको यो शोरुममा अत्याधुनिक ग्राहक लन्ज, बैठक क्षेत्र, एक्सचेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सुजुकी ब्रान्डको निर्देशनअनुरुप शोरुम निर्माण गरिएको कारण शोरुममा सहजै आवतजावत, अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

karan suzu 11

शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरु स्क्रस, सियाज, आर्टिगा र एक्सएल६ रहेका छन्। सिजी मोटोकर्पका बिजनेस शाखाप्रमुख सिरज पन्तका अनुसार ग्राहक र कम्पनीबीचको सम्बन्ध अझै बलियो बनाउने उद्देश्यले शोरुम सुरु गरिएको हो।

यो सुजुकीको ३७औँ आउटलेट पनि हो। शोरुमबाट ग्राहकले सेल्स, सर्भिस र स्पेयरपार्टबारे सबै सेवा पाउन सक्नेछन्।

karan suzu 12

त्यस्तै कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्ससम्बन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास लिइएको बताए। नेपालमा सुजुकीका ३९ सर्भिस सेन्टर तथा ३ सय ५० भन्दा बढी प्रमाणित पार्ट आउटलेट रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad