कम्पनीले यस फिचर एन्ड्रोइड र आइओएस दुवैको लागि प्रदान गरेको छ।
यसमध्ये केही फिचरहरु वाट्सएपको बिटा भर्सनको लागि मात्र दिइएको छ।
प्रदान गरिएको फिचरमा फेसबुक स्टोरी इन्टिग्रेसन, फिंगरप्रिन्ट अनलक, फरवार्ड, भ्वाइस म्यासेज र ग्रुप इन्भिटेसन सम्बन्धी भएको बताइएको छ।
वाट्सएप प्रयोगकर्ताले अब स्टेटस सिधै फेसबुक स्टोरिमा सेयर गर्नसक्छन्। यसको लागि स्टेटसको तल अप्सन दिइएको हुनेछ। यसको मद्दतमा अब सिधै फेसबुक स्टोरी बनाउन सकिनेछ।
वाट्सएप फिंगरप्रिन्ट अनलक फिचर एन्ड्रोइड र आइओएस प्रयोगकर्ता दुवैको लागि उपलब्ध छ। यस फिचरको मद्दतबाट प्रयोकर्ताले पिंmगरप्रिन्ट लक लगाउन सक्छन्। यो फिचर वाट्सएपको सेटिङमा उपलब्ध छ।
यस्तै गलत र नचाहिँदो म्यासेज रोक्नका लागि फरवार्ड फिचर पनि प्रदान गरिएको छ। एजेन्सी

प्रतिक्रिया