ad ad

राजनीति


खेल क्षेत्रले गरेको प्रगतिप्रति सन्तुष्ट छुः प्रचण्ड

खेल क्षेत्रले गरेको प्रगतिप्रति सन्तुष्ट छुः प्रचण्ड

नेपालखबर
असोज ८, २०७६ बुधबार १२:९,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन्।

अध्यक्ष प्रचण्डले समाजलाई स्वस्थ, अनुशासित र मर्यादित बनाउन पनि खेलकुद क्षेत्रको भूमिका विश्वव्यापी रुपमै बढदै गएको पनि स्पष्ट पारे।

बुधबार काठमाडौंमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले केही वर्षयता नेपालमा पनि खेलकुद क्षेत्रमा राम्रो सुधार र प्रगति हुँदै आएकोमा सन्तुष्टि पनि व्यक्त गरे। ‘नेपालमा पनि केही वर्षयता खेलकुद क्षेत्रमा निकै राम्रो सुधार र प्रगति हुँदै आएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘देश भित्र र देश बाहिर हुने यस्ता खालका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट धेरै खुसी भएको छु।’

उनले निकट भविष्यमै नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले तीव्रता दिईरहेको उल्लेख गर्दै सफल हुने विश्वास पनि व्यक्त गरे।

अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रले राष्ट्रको पहिचान, सभ्यता र संस्कारलाई चिनाउन तथा राष्ट्रहरुबीचको भाईचारा सम्बन्ध वृद्धि गर्न पनि ठूलो रणनीतिक भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .