ad ad

कारोबार


के तपाईं दुईपांग्रे सवारीसाधन किन्दै हुनुहुन्छ? यस्ता छन् दशैं अफरहरु

के तपाईं दुईपांग्रे सवारीसाधन किन्दै हुनुहुन्छ? यस्ता छन् दशैं अफरहरु

नेपालखबर
असोज ८, २०७६ बुधबार १२:०,

दशैं नजिकिएसँगै मोटरसाइकल तथा स्कुटरका शोरुममा ग्राहकहरुको चहलपहल पनि बाक्लिएको छ। कम्पनीहरुले पनि ग्राहकहरुलाई आकर्षण गर्न विभिन्न छुट अफरदेखि घुमाउने अफरसम्म प्रदान गर्ने घोषणा गरिसकेका छन्।

दशैंमा अफर आउने भएकाले नै सर्वसाधारणले सवारीसाधनको खरिदमा यो समय कुरेरै बसिरहेका हुन्छन्। नेपालमा विभिन्न विदेशी ब्राण्डका मोटरसरकाइल तथा स्कुटरको खरिदमा नेपालका आधिकारिक कम्पनीहरुले ल्याएको दशैं योजना यस प्रकार रहेका छन्ः

बजाज
बजाज कम्पनीका लागि नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी बजाजले दशैं, तिहार तथा छठलाई मध्यनजर गर्दै ‘बजाज भविष्यवाणी’ योजना सार्वजनिक गरेको छ। नाडा अटो शोदेखि नै सञ्चालमा आएको उक्त अफरअन्तर्गत कम्पनीले ल्याएको नयाँ अफरमा बाइक किन्नुअघि नै ग्राहकले आफूले कति नगद जितेको छु भन्ने थाहा पाउने कम्पनीले जनाएको छ।

bike 1

‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ ट्यागलाइनसहित आएको यस अफर योजनामा ग्राहकले बाइक किन्नुअघि नै एक लाख रुपैयाँसम्म नगद जित्नसक्ने कम्पनीले जनाएको छ। बाइक किनिसकेपछि पनि १ लाख रुपैयाँसम्म जित्न सकिने योजनामा उल्लेख छ। ओ अफर सबै मोडलमा लागू हुने बजाजले जनाएको छ।

हिरो
कम्पनीको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम)ले दशैं तिहारलाई लक्षित गर्दै ‘रातो टीका निधारमा नयाँ हिरो घर घरमा’ नामको अफर सार्वजनिक गरेको छ। कम्पनीको योजनाअनुसार स्क्र्याच कार्डमार्फत बाइक तथा स्कुटर खरिदकर्तामध्ये भाग्यशाली ग्राहकलाई एक लाख क्यास जित्न सक्नेछन्।

bike 4

जुनसुकै मोटरसाइकल तथा स्कुटरमा न्यूनतम पाँच हजारसम्म छुट दिने कम्पनीले जनाएको छ। कम्पनीले शून्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर वा मोटरसाइकल खरिद गर्न सकिने अफर पनि ल्याएको हो। कम्पनीले आफ्ना सबै स्कुटर र मोटसाइकलमा लागू हुने गरी उक्त ग्राहक योजना ल्याएको हो। दुई वर्षे किस्ताबन्दीमा बाइक स्कुटर उपलब्ध गराउने जानकारी दिएको छ।

भेष्पा तथा अप्रिला
दशैँ तथा तिहारको अवसरमा भेष्पा र अप्रिला स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी एमभी दुगड ग्रुपले आफ्नो अफर सार्वजनिक गरेको छ। अफरअन्तगर्त भेष्पा र अप्रिला स्कुटर कम्पनीले नगद छुटदेखि विभिन्न टुरसम्मको अफर सार्वजनिक गरेको हो। खरिदमा स्क्र्याच कार्डबाट पाँच हजारदेखि १ लाखसम्मको छुट तथा २ वटा बन्जी जम्प र जिप फ्लाईको टिकट दिने भएको हो। साथै फ्रि एसोसिरिज, हरेक हप्ता अन्नपूर्ण बेस क्याम्पसम्म हेलिकप्टरबाट जाने मौका समेत दिने कम्पनीले जनाएको छ।

bike 6

यामाहा
यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज केएल टावरले दशैं तिहारका लागि ‘रमाइलो दशैं तिहार उपहार’ योजना सुरु गरेको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउनेछन्। केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफक्युब सिनेमाको टिकट, एक हजार रुपैयाँबराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ । त्यसैगरी साप्ताहिक रुपमा गोयन्का ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेसिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनरलगायतका घरायसी सामग्री उपलब्ध गराइने केएल टावरले जनाएको छ ।

bike 3

बम्पर उपहारमा प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको एफजेड एसएफआई भीथ्री मोटर साइकल वितरण गरिने मेला संयोजक हीरामणि तिमिल्सिनाले बताए । दोस्रो उपहारस्वरुप यामाहाकै रे जेडआर स्कूटर, तेस्रो उपहारस्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइने बताइएको छ । सान्त्वना उपहारस्वरुप टाइमेक्सको घडी एक जनालाई वितरण गरिनेछ । उपहार योजनामा सहभागी हुन कम्तीमा एक हजार रुपैयाँबराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने छ।चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको हो। असोज १ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक २५ गतेसम्म चल्ने बताइएको छ।

रनर
बंगलादेशी ब्राण्ड रनर मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी रमन मोटर्सले दशैं, तिहार र छठको उपलक्ष्यमा फेस्टिभल अफर सार्वजनिक गरेको छ। रनर मोटरसाइकलको खरिदमा २० हजार रूपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ। साथै उक्त चाडबाडभर मोटरसाइकल खरिद गर्ने प्रत्येक सय जनामध्ये एक जना भाग्यशाली विजेताले बंगलादेशको रनर फ्याक्ट्री घुम्ने अवसर पाउने रमन मोटर्सले जानकारी गराएको छ।

runner festive 111

हाल नेपालमा रनर मोटरसाइकलको ८० सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकल र ११० सीसीको स्कुटर बिक्री भइरहेको छ, त्यसमा पनि रनर हक २०० सीसी अफरोड मोटरसाइकललाई ग्राहकले अत्यन्तै रुचाएका छन्। देशैभर करिब २५ स्थानमा डिलर रहेको रमन मोटर्सले सर्भिस र स्पेयर्स पाट्र्सको सुविधा, एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन र स्पट फाइनान्ससहित विगत केही वर्षदेखि मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ।

bike 2

टीभीएस
नेपालमा टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सको दशैं दौड योजना ल्याएको थियो। जुन हाल केही स्थानमा सञ्चालन तथा सम्पन्न भइसकेको छ भने केही स्थानमा जारी रहेको छ। यसअन्तर्गत टीभीएसले आयोजना गरेको दौड प्रतियोगितामा भाग लिई सय प्रतिशतसम्मको क्यास ब्याक योजना कम्पनीले ल्याएको हो। त्यस्तै कम्पनीले स्योर सुट योजना पनि राखेको छ र १ लाखसम्मको छुट आफर समेत राखेको कम्पनीले जानकारी गराएको छ।

एनआईयू
एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले यसपालिको दशैं तिहार एनआईयू इलेक्ट्रिक स्कुटरमा सररर ५० हजारसम्मको छुटले मनै हरर, स्वस्थ जीवन, शुद्ध वातावरण अनि सवारीको लागि विद्युतीय साधन आजको आवश्यकता जस्ता नारामा अफरहरु ल्याएको छ।

bike 5

एनआइयू ब्राण्ड नेपालमा दुई वर्षअघि भित्रिएको हो। नेपालमा कम्पनीका स्कुटरको बिक्री पनि उल्लेखनीय र सर्वसुलभ भएको कम्पनीले जनाएको छ। नेपालमा विश्वसनीय रहेको यो इलेक्ट्रिक स्कुटरले साँच्चिकै इलेक्ट्रिक स्कुटर सेगमेन्टमा राम्रो छाप छोडेको छ।

यसले यो वर्षको दशैं तिहारको अवसरमा ५० हजारसम्मको छुट तथा दुई वर्षको वारेन्टी, रजिस्ट्रार भएको नम्बर प्लेट, बीमा सुविधा तथा फाइनान्स सुविधा दिने भएको छ।

यो सुविधा सातवटा वाािण्ज्य बैंकबाट दिने भएको हो। यो स्किम कम्पनीको सबै शोरुममा लागू हुने कम्पनीले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .