ad ad

राजनीति


अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

नेपालखबर
असोज ८, २०७६ बुधबार ८:९,

म्याक्रोले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताएका छन्।

उनले भने,‘मलाई विश्वास छ आणविक सम्झौताका विषयमा अब अमेरिका र इरानले टेबलमा बसेर विवाद सुल्झाउनुपर्छ र यस सम्झौताका हस्ताक्षरकर्ता राष्ट्रहरुसँग बसेर छलफल गर्नुपर्छ।’

सन् २०१५ को आणविक सम्झौताको नामै लिएर उहाँले सो आग्रह गरेको सिन्ह्वाले जनाएको छ।

विश्वका विभिन्न शक्तिराष्ट्रहरले इरानसँग उक्त आणविक सम्झौता गरेका थिए। उक्त सम्झौताको हस्ताक्षरकर्ता रहेको अमेरिकाले भने उक्त सम्झौताबाट आफू अलग्गिएको घोषणा गरेको थियो।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोले सो आग्रह गरेका हुन्। उनले इरानले आणविक उत्पादन र विकास भने नगरेको बताएका छन्।

Image result for macron and ruhani

रुहानी र म्याक्रो

फ्रान्सेली राष्ट्रपति म्याक्रोले इरानमाथि आणविक सम्झौताका विषयलाई लिएर दवाब मात्र दिँदा त्यसले क्षेत्रीय रुपमा तनावमात्र उत्पन्न गर्नेहुँदा यस विषयलाई वार्ताको माध्यमबाट समधान गर्नुपर्ने धारणा राखेका छन्।

हालैमात्र साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा भएको हमलाको यमनको हुथी विद्रोहीले जिम्मेवारी लिएको भए पनि अमेरिकाले भने त्यस घटनामा इरानको हात रहेको आरोप लगाएको प्रसंग पनि आफ्नो सो सम्बोधनका क्रममा म्याक्रोले उल्लेख गरेका थिए।

यस्तै कारणहरुले पनि पछिल्लो समयमा यस क्षेत्रमा द्वन्द्वको अवस्था सृजना भएको र यसले कुनै पनि देशलाई राम्रो नगर्ने उनले बताएका छन्। अनुमानका आधारमा गरिने यस्ता दोषारोपणहरुले समस्याको शान्तिपूर्ण समाधानलाई भन्दा पनि द्वन्द्व बढाउने कामलाई सघाउने उनको भनाइ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .