ad ad

समाज


शिक्षा मन्त्रालयका सहसचिवहरुको सरुवा, को कहाँ पुगे?

शिक्षा मन्त्रालयका सहसचिवहरुको सरुवा, को कहाँ पुगे?

नेपालखबर
असोज ८, २०७६ बुधबार ८:४,

शिक्षा मन्त्रालयले मन्त्रालयका विभिन्न विभाग र शाखामा रहेका सहसचिवहरुको  सरुवा  गरेको छ।

शिक्षा मन्त्रालयले एक वर्षभन्दा बढीसमय एकै ठाउँमा रहेका १० जना सचिवको सरुवा गरेको हो। मन्त्रालयले यसै वर्ष अनिवार्य अवकास हुने सम्बन्धित विभाग वा शाखामा एक वर्ष पनि नबिताएका सहसचिवलाई भने यथास्थानमै राखेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले नेपालखबरलाई बताए।

उनले सरुवा नियमित प्रक्रिया भए पनि मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग गरेको कार्यसम्झौता करारनामाको स्प्रिटमा काम गर्नेगरी सहसचिवहरुको सरुवा गरेको बताए।

मन्त्रालयले मंगलबार साँझ सहसचिवहरुको सरुवा गरेको गरेको हो। जसअन्तर्गत योजना महाशाखामा कमल पोखरेललाई ल्याएको छ। मन्त्रालयका सिनियर उपसचिव रहेका उनी अध्ययन विदामा विदेश गएका थिए।

त्यस्तै दीपक शर्मालाई शिक्षा तथा मानव स्रोत विकाश केन्द्र (शिक्षा विभाग)बाट प्राविधिक शिक्षा महाशाखा (मन्त्रालय)मा ल्याइएको छ। यस्तौ योजना महाशाखाका बैकुण्ठ अर्याललाई शिक्षा सेवा आयोगको ल्याइएको छ भने डा. हरि लम्सालाई प्राविधिक शिक्षा महाशाखाबाट चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको छ। त्यस्तै केन्द्रीय योजना इकाई (सिएलपीआईयु) का इमनारायण श्रेष्ठलाई शिक्षा विभाचगमा ल्याइएको छ।

यस्तै शिक्षा आयोगका तुलसी थपलियालाई शिक्षा विभागमा, मन्त्रालयलयमा
रहेका विष्णु अधिकारीलाई शिक्षा विभाग, इभेन्ट परियोजनाका केशव दाहाललाई गुणस्तर परीक्षण केन्द्र, शिक्षा विभागका चुडामणि पौडेल विद्यालय पुनर्निर्माण आयोजना इकाइमा र शिक्षा विभागबाट खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा सरुवा गरिएको हो।

सरुवा लगत्तै मन्त्री पोखरेलले सबै सहसचिवहरुसँग एक वर्याको कार्यसम्पादन करारनामा गर्ने तयारी भइरहेको स्वकीय सचिव केसीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .