ad ad

समाज


तीन एआईजीको सरुवा, अपराध अनुसन्धान विभागको जिम्मा कार्कीलाई

तीन एआईजीको सरुवा, अपराध अनुसन्धान विभागको जिम्मा कार्कीलाई

नेपालखबर
असोज ८, २०७६ बुधबार ८:१३,

सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कामप्रति सन्तुष्ट हुन नसकिरहेको सन्दर्भमा यो सरुवा भएको हो।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको नेतृत्व एआइजी पुस्कर कार्कीलाई दिइएको छ। यसअघि कार्की प्रहरी प्रशिक्षण प्रतिस्ठानमा थिए।

ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान पठाइएको छ। धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा काजमा राख्ने निर्णय भएको छ। यसअघि एआईजी ठूले राई मानव स्रोत एवं प्रशासन विभागमा र धिरु बस्नेत अपराध अनुसन्धान विभागमा थिए।

एआईजी सरुवालाई प्रहरी महानिरीक्षक खनालको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .