बेलायतको सर्वोच्च अदातलले संसद निलम्बन गर्ने प्रधानमन्त्री बोरिस जोन्सनको निर्णय गैरकानुनी भएको ठहर गरेको छ। मंगलबार अदालतले फैसला सुनाउँदै पाँच साता निलम्बन गर्ने निर्णय गैरकानुनी भएको बताएको हो।
अदालतले संसदलाई आफ्नो काम गर्नबाट रोक्नु गैरकानुनी भएको ठहर गरेको हो। विना सम्झौता युरोपेली संघबाट बेलायत बाहिरिन हुँदैन भन्ने सदनमा बहुमत भएपछि जोन्सनले संसद नै निलम्बन गर्ने निर्णय गरेका थिए। संसदमा नयाँ सत्र महारानी एलिजाबेथका सम्बोधनबाट सुरु हुने भन्दै उनले अक्टोबर १४ सम्मका लागि संसद निलम्बन गरेका थिए।
यसअघि उनले मध्यावधि निर्वाचनका लागि गरेको प्रस्तावमा पनि आवश्यकताअनुसार दुई तिहाइको बहुमत जुटाउन सकेका थिएनन्। सम्झौता नभए पनि अक्टोबर ३० बाट युरोपेली संघबाट बेलायत बाहिरिने पक्षमा जोन्सन रहेका थिए। तर उनले अघि सारेको प्रस्तावलाई यसअघि संसदले दुई पटक अस्वीकार गरिसकेको छ।
Shares
प्रतिक्रिया