राजनीति


‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैन: गगन थापा

‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैन: गगन थापा

नेपालखबर
असार २१, २०८३ आइतबार १५:४९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सुक्ष्म पक्षलाई हलुका रुपमा लिइरहेको टिप्पणी गरे।

उनले संविधान संशोधन र पुनरावलोकन आवश्यक भएपनि हतार, हचुवा र गैरजिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिए। उनले संविधान संशोधनमार्फत राज्यका संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए।

सभापति थापाले भने, ‘संविधान र यो व्यवस्थाको सन्दर्भमा यो सरकारको निष्ठामा कमी। हामीले संविधान बनाउँदै गर्दाका सुक्ष्म पक्षहरूलाई सरकार सञ्चालन गर्ने साथीहरूले पटक्कै पनि ख्याल गरिरहनुभएको छैन। त्यसमा ध्यान दिइरहनुभएको छैन। हामीले त हाम्रा संस्थाहरुलाई बलियो बनाउने हो नि त। संविधान संशोधन र पुनरावलोकन एकदमै गर्नुपर्नेछ। तर यस्तो हचुवा पाराले होइन। यहाँ त एकैछिनमा आगो बल्छ । अधिकारको विषय त्यतिबेलासम्म मात्र गौण हुन्छ जतिबेलासम्म अधिकार प्राप्त भइरहेको हुन्छ। तर यदि अधिकारको विषय चलाइयो भने त्यसपछि सबैभन्दा महत्वपूर्ण कुरा त्यही बन्छ।’

उनले थपे, ‘भाषा, समावेशिता र विविधतालाई सम्बोधन गर्ने विषय सबैभन्दा महत्वपूर्ण विषय बन्छ। तर यी विषयहरुमा हल्का पाराले, अझ म त भन्छु ‘लफङ्गा’ पाराले जे मन लाग्यो त्यही बोलिदिएको छ, जे मन लाग्यो त्यही गरिदिएको छ। यो गम्भीर चिन्ताको विषय हो।’

संविधानमा भएका भाषा, जाति र विविधताको विषयमा छेड्खानी भए मुलुकमा द्वन्द्वको आगो फैलिनेतर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ छ।

सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छ
सभापति थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाए।  उनले आर्थिक अपराधविरुद्ध सरकारले कानूनी ढंगले अघि बढाएको कारबाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भएपनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाए।

उनले सुशासन र आर्थिक अपराधमा संलग्नलाई कारबाही गर्दा कांग्रेस व्यक्ति, नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने समेत स्पष्ट पारे। तर सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उनको आरोप छ।

निर्माण व्यवसायी, बैंकरलगायत निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उनले यस्तो प्रवृत्तिले मुलुकको लगानी र उद्यमशीलतामा नकारात्मक असर पारेको टिप्पणी गरे। उनले मुलुकमा भयको वातावरण सिर्जना भउकै कारण नयाँ व्यवसायहर शुरु गर्न कोही पनि तयार नरहेको टिप्पणी गरे।

सभापति थापाले सरकारले न्यून, मध्यम तथा पुँजी परिचालन गर्नसक्ने व्यक्ति कसैमा पनि आत्मविश्वास ल्याउन नसकेको टिप्पणी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad