हङकङमा लाखौं डलर नक्कली नोटसहित चार विदेशी नागरिक पक्राउ

हङकङमा लाखौं डलर नक्कली नोटसहित चार विदेशी नागरिक पक्राउ

नेपालखबर
असोज ७, २०७६ मंगलबार १०:०,

एक पाकिस्तानी, एक बङ्गलादेशी पुरुष तथा दुई फिलिपिनी महिला पक्राउ परेको हङकङ प्रहरीले जनाएको छ।

हङकङ प्रहरीले सोमबार साँझ सात बजे साम सुई पो जिल्लाको तुङ चाउ स्ट्रीटस्थित एक आवसीय भवनमा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुबाट पाँच लाख बीस हजारको नक्कली हङकङ डलरका नोट, दुई नक्कली ह्यान्डगन र दुई चक्कु बरामद गरिएको एससीएमपीले उल्लेख गरेको छ।

पक्राउ पर्नेहरुमा ४८ वर्षीय पाकिस्तानी, ३९ बर्षीय बङ्गलादेशी तथा ४३ र ४७ बर्षीय फिलिपिनि महिलाहरु रहेका छन्।

४७ बर्षकी फिलिपिनी महिला हङकङ परिचयपत्र बाहक तथा बाँकी तीन जना शरणार्थी रहेको बुझिएको छ।

Image result for hk police

शरणार्थीहरुलाई हङकङमा काम गर्ने अनुमती छैन। फिलिपिनी महिलाले उनीहरुलाई गैरकानुनी काम लगाएको आशङ्का गरिएको छ।

‘उनीहरुको फ्ल्याटमा छापा मार्दा ५२० वटा हजारका नक्कली नोट, दुई नक्कली ह्यान्डगन र दुई चक्कु वरामद गरेका छौं।’ प्रहरीले एक विज्ञप्ति मार्फत भनेको छ।

उनीहरुमाथि नक्कली नोट, अवैध हातहतियार राखेको अभियोगमा अनुसन्धान भइरहेको छ। उनीहरुलाई काउलुन पश्चिम क्षेत्रीय अपराध इकाईका अधिकारीहरूले अनुसान्धन गरिरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .