राजनीति


मोदीले ट्रम्पको चुनाव प्रचार गरेको भन्दै आलोचना

मोदीले ट्रम्पको चुनाव प्रचार गरेको भन्दै आलोचना

नेपालखबर
असोज ६, २०७६ सोमबार ६:३९,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हाल अमेरिकाको भ्रमणमा छन्।

आइतबार अमेरिकाको ह्यूस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा मोदी सहभागी भएका थिए।

 सो क्रममा मोदीलाई भारतीय मूलका ५० हजार अमेरिकी नागरिकले स्वागत गरेका थिए।

 मोदीको कार्यक्रममा यति धेरै मानिसहरु उपस्थित भएपछि मोदी अमेरिकामा सबैभन्दा बढी व्यक्तिबाट स्वागत पाउने पहिलो विदेशी पाहुना भएको बीबीसीले जनाएको छ।

 सो क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मोदीसँगै सहभागी थिए। दुवैले एकअर्काको प्रशंसा गरेका थिए।

 प्रशंसा गर्ने क्रममा मोदीले सन् २०२० को राष्ट्रपतिय निर्वाचन पनि ट्रम्पले नै जित्ने दाबी गरेका थिए।

मोदीले ट्रम्पले अमेरिकी निर्वाचन जित्ने बताएपछि भारतमा काँग्रेस पार्टीले मोदीको आलोचना गरेको छ।

काँग्रेस पार्टीका नेता आनन्द शर्माले प्रधानमन्त्री मोदी अमेरिकामा ट्रम्पको चुनाव प्रचार मात्र गर्न गएको आरोप लगाएका छन्।

 पूर्व केन्द्रीय मन्त्री शर्माले मोदीले ट्रम्पको लागि चुनाव प्रचार गरेर भारतको विदेश नीतिको उल्लंघन गरेको बताएका छन्।

शर्माले ट्वीटमा मोदी ट्रम्पको स्टार चुनाव प्रचारक नभएको बताउँदै मोदीले यस्ता कुरामा ध्यान दिनसक्नु पर्ने बताएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad