खेल


नेमारको लगातार उत्कृष्ट प्रदर्शन, उनको निर्णायक गोलमा पीएसजी विजयी

नेमारको लगातार उत्कृष्ट प्रदर्शन, उनको निर्णायक गोलमा पीएसजी विजयी

नेपालखबर
असोज ६, २०७६ सोमबार ७:१,

ब्राजिलियन स्टार नेमार जुनियरले पीएसजीमा उत्कृष्ट कमब्याक गरेका छन्।

घरेलु लिग लिग वानमा नेमारकै निर्णायक गोलमा पीएसजीले लगातार दुई खेलमा जित हात पारेको हो।

आइतबार राति पीएसजीले लियोनमाथि १–० को जित निकाल्दा नेमारले खेलको ८७ औं मिनेटमा विजयी गोल गरेका हुन्।

यसअघि नेमारले यस सिजन आफ्नो पहिलो लिग वान खेलमा स्ट्रासबर्गविरुद्ध पनि इन्जुरी समयमा गोल गर्दै पीएसजीलाई ३ अंक दिलाएका थिए।

यस जितसँगै पीएसजी ६ खेलमा १५ अंक जोड्दै लिग वानको शीर्ष स्थानमै कायम रहन सफल भएको छ।

नेमारले सिजन सुरुवात हुनुभन्दा पहिले पीएसजी छाड्ने अभिव्यक्ति दिएका थिए। यद्यपी कुनै क्लबमा उनी अनुबन्ध हुन नसकेपछि उनी अन्ततः पीएसजीमै खेलिरहेका छन्।

आफ्नो पहिलो खेलमा नेमारलाई पीएसजीकै समर्थकले नेमार हामीलाई चाहिँदैन भन्ने नारा लगाएका थिए। आफ्नै समर्थकको दबाबका बीच यतिबेला नेमार पीएसजीमा खेलिरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad