राजनीति


गृहमन्त्री भन्छन्ः कांग्रेस कुट्नेलाई कारबाही हुन्छ, तर बदनाम नगरौँ

गृहमन्त्री भन्छन्ः कांग्रेस कुट्नेलाई कारबाही हुन्छ, तर बदनाम नगरौँ

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार १०:२६,

गृहमन्त्री रामबहादुर थापाले बाँकेमा कांग्रेस नेतामाथि हातपात गर्ने दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। 

सिंहदरबारमा शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद डीला संग्रौलाले बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएकी थिइन्।

घटनाबारे स्पष्टीकरण दिँदै गृहमन्त्री थापाले दोषीलाई कारबाही गरिने आश्वासन दिएका हुन्। उनले सो घटनामा संलग्न केहीलाई पक्राउसमेत गरिसकिएको र काबाहीसमेत भइसकेको जानकारी दिए। ‘यसबारेमा हाम्रो हिजो नै ध्यानाकर्षण भएको हो’ गृहमन्त्री थापाले भने, ‘कारबाही पनि भइसकेको छ। तीनजना पक्राउ परिसकेका छन् र अरुलाई खोजी जारी छ।’

यो घटनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या नगर्न गृहमन्त्रीले विपक्षीलाई आग्रह पनि गरे।

बाँकेको खजुरा गाउँपालिका वडा–२ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए। घटनामा बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका कांग्रेसले जनाएको छ।

आफूहरुमाथि नेकपाका कार्यकर्ताले कुटपिट गरेको कांग्रेसको आरोप छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गरी घटनाबारे सरकार मौन बसेको आरोप लगाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

दोषीमाथि कारबाही गर्न माग गर्दै कांग्रेसले काठमाडाैं लगायत विभिन्न जिल्लामा विराेध प्रदर्शन गर्ने जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad