अटो


बल्खुमा इसुजु गाडीको शोरुम खुल्यो, डेढ लाखदेखि ४ लाखसम्म छुट अफर

बल्खुमा इसुजु गाडीको शोरुम खुल्यो, डेढ लाखदेखि ४ लाखसम्म छुट अफर

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार १०:११,

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको शोरुम खुलेको छ। नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका चेयरम्यान सुहृदराज घिमिरेले शुक्रबार एक समारोहबीच उक्त शोरुम उद्घाटन गरेका हुन्।
 
काठमाडौं उपत्यकाका लागि इसुजु गाडीको एक्सक्लुसिभ डिलर टाइम्स मोटर प्रालिले उक्त शोरुम सञ्चालनमा ल्याएको हो। शोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै चेयरम्यान घिमिरेले इसुजुका ग्राहकलाई प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको जानकारी गराए। वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने उनले बताए।
 
सन् २०१६ यता कम्पनीले हजारभन्दा बढी गाडी बेचिसके पनि अहिलेसम्म एउटै ग्राहक समस्याको गुनासो लिएर नआएको बताए। कम्पनीले १० हजारसम्म गाडी बेच्ने लक्ष्य राखेको र त्यसका लागि देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने बताए। 

ishuju balkhu showroom 1

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै टाइम्स मोटरका प्रबन्धनिर्देशक दिपकराज गिरीले सोरुम उद्घाटन तथा चाडपर्वको अवसर पारेर कम्पनीले इसुजुका गाडीमा मोडल अनुसार एक लाख ५० हजारदेखि चार लाख रुपैयाँसम्म छुट दिएको जानकारी गराए।
 
गिरीका अनुसार इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्छ । इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ । ‘इसुजुका गाडीहरु कति बलिया छन् भन्ने कुरा सबैभन्दा बढी वारेन्टी दिइएबाट पनि प्रस्ट हुन्छ,’ गिरीले भने, ‘इसुजुका डिजेल इन्जिनलाई विश्वमै नम्बर वान मानिन्छ ।’
 
आफूहरुले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर कारोबार गर्ने गिरीको प्रतिबद्धता छ । इसुजुको भारतस्थित प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर मञ्जित पोखरेलले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस सेन्टर रहने व्यवस्था मिलाउने बताए। 
 
कार्यक्रममा एकजना इसुजु गाडी चलाउने चालक बासुदेव घिमिरेले आफ्नो अनुभव सुनाउँदै अरुभन्दा यो गाडी निकै शक्तिशाली र आरामदायी लागेको बताए। ‘यसको तान्ने क्षमता गज्जब लाग्यो’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad