ad ad

राजनीति


धुम्बाराहीमा प्रचण्डले भनेः यही सरकारलाई बलियो बनाएर जनताको सेवा गर्नुपर्छ

धुम्बाराहीमा प्रचण्डले भनेः यही  सरकारलाई बलियो बनाएर जनताको सेवा गर्नुपर्छ

नेपालखबर
भदौ २३, २०७६ सोमबार ६:३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुको विकल्प नभएको बताएका छन्।

सोमबार जनयुद्धका सहित सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेलको २१ औं स्मृति दिवसका अवसरका पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एकताबद्ध भएर सरकारलाई बलियो बनाएर जनताको सेवामा लाग्नु पर्ने बताए।

केही समय अगाडिसम्म सरकारमा ओलोपालोको सहमति भएको र अब आफू प्रधानमन्त्री बन्ने बताउँदै आएका प्रचण्डले सो कार्यक्रममा आफ्नो पूर्ववत भनाइबाट पछाडि हट्दै ओली नेतृत्वकै सरकारलाई बलियो बनाउनु पर्ने बताएका हुन्।

ओली र प्रचण्डबीच कार्यकारी अध्यक्ष प्रचण्डले लिने सहमति भएको चर्चा चलिरहेका बेला प्रचण्डको यस्तो भनाइ आएको हो।

‘हामी सबै एकताबद्ध हुँदै कम्युनिस्ट पार्टीलाई बलियो बनाउनु पर्छ’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘यही सरकारलाई बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प छैन।’

अध्यक्ष प्रचण्डले सरकारका कमजोरीलाई देखाउँदै परिवर्तनलाई उल्ट्याउने खेल भइरहेको भन्दै त्यस्तो खेल सफल हुन नदिने दावी गरे।

उनले निरंकुशतावादी शक्तिहरु परिवर्तन उल्ट्याउनका लागि जुर्मुराएको भन्दै त्यो जनता र परिर्वतन चहाने राजनीतिक दललाई स्वीकार्य नभएको बताए।

उनले सरकारले काम गरिरहेको भए पनि जनताको अपेक्षाअनुसार नभएको बताए। ‘सरकारले कामै नगरेको पनि होइन्, जनताको अपेक्षा अनुसार हुन नसेकेको मात्रै हो’, उनले भने, ‘सरकारका कामप्रति पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण भएको छ।’

उनले युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने नेताहरुलाई बदनाम गर्ने षड्यन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउन थालेको बताए।

'सहिदहरुलाई अपमानित गर्ने या अवमूल्यन गर्ने, नेताहरुलाई बदनाम गर्ने नियोजित षडयन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउँछ,’ उनले भने, ‘ चिहानमा पुगिसकेको फेरि फर्किने भन्ने त विज्ञानले मान्दैन। तर, प्रेतात्मा बेला बेलामा आउने र जीवित मान्छेलाई कुनै-कुनै रुपले दु:ख दिने गर्दारहेछन्।’

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुको अहिलेको हो–हल्लालाई स्याल हुइयाँको संज्ञा दिए। स्यालहरु कहिलेकाहीँ सिंहको अगाडि आएर काराए पनि स्याल सिंह हुन नसक्ने उनको दावी थियो। ‘कहिलेकाहीँ स्यालहरु सिंहको अगाडि आएर हल्ला गर्छन्। हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन’, उनले भने, ‘सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ।’

अध्यक्ष ‘प्रचण्ड’ले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र सिहदको वास्तविक सपनामा पूरा हुने बताए। सहिद सुरेस वाग्लेलाई सम्झँदै उनले भने, ‘कमरेड वासु वैचारिक, बलिदान, बौद्धिक र निष्ठा र चरित्रको हिसाबले अत्यन्त उच्च तहमा हुनुहुन्थ्यो, उहाँबाट हामीले पनि सिक्नुपर्ने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .