ad ad

राजनीति


चीनका विदेशमन्त्री वाङ चन्द्रागिरि अवलोकनमा

चीनका विदेशमन्त्री वाङ चन्द्रागिरि अवलोकनमा

नेपालखबर
भदौ २३, २०७६ सोमबार ५:८,

काठमाडौं रहेका चिनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी सोमबार बिहान भ्रमण दलका सदस्यसहित चन्द्रागिरि गएका छन्।

उनीसहितको टोली पर्यटकीय स्थल चन्द्रागिरि अवलोकनका लागि त्यसतर्फ गएको हो। प्रहरीले उनी बसेको होटलदेखि चन्द्रागिरिसम्मको सुरक्षा व्यवस्था मजबुत बनाएको छ।

चन्द्रागिरि क्षेत्र सुरक्षाका लागि महानगरी प्रहरी वृत्त थानकोटका डीएसपी कुमारविक्रम थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको छ।

तीन दिने नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्री वाङ आइतबार काठमाडौं आइपुगेका हुन्। 

विदेशमन्त्री वाङले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै छन् भने दिउँसो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको टोलीसँग दुईपक्षीय वार्ता गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .