ad ad

राजनीति


मन्त्रिमण्डलमा हेरफेर भए पनि पाँच वर्ष ओली नै प्रधानमन्त्रीः खनाल

मन्त्रिमण्डलमा हेरफेर भए पनि पाँच वर्ष ओली नै प्रधानमन्त्रीः खनाल

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ५:४२,

प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको कडा आलोचना गर्दा आएका सत्तारुढ दल नेपाल कम्यु्निस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य झलनाथ खनालले ओली नेतृत्वकै सरकार पाँच वर्षसम्म टिक्ने दावी गरेका छन्।

प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापामा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकार परिवर्तन भए पनि प्रधानमन्त्री ओली नै हुने बताए।

‘मन्त्रिमण्डल हेरफेर हुनसक्छ’, उनले भने, ‘हेरफेर भए पनि पाँच वर्ष ओलीजी नै प्रधानमन्त्री बन्नुहन्छ। उहाँकै नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुन्छ।’

नेकपाको सचिवालयमा चौथो वरियतामा रहेका नेता खनाललाई केही समय अगाडि तेस्रो वरियतामा लगिएको थियो भने तेस्रो वरियताका नेता माधवकुमार नेपाललाई चौथो वरियतामा घटुवा गरिएको थियो।

तत्कालीन नेकपा र्एमाले र माओवादी केन्द्रबीचको एकताको समयमा नेता खनाल चीन भ्रमणमा थिए। सोही बेला एमालेका दोस्रो वरियताका खनाललाई चौथोमा लगी नेपालाई तेस्रो वरियतामा ल्याइएको थियो।

खनालले सोही समयदेखि वरियता सच्याउन माग गर्दै फरक मत राख्दै आएका थिए। अध्यक्ष ओलीले खनाललाई तेस्रो वरियतामा ल्याउन सहयोग गरेपछि सरकार र प्रधानमन्त्री ओलीका कडा आलोचक रहेका नेता खनाल एकाएक ओलीको पक्षमा देखिएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले विकास र समृद्धिको यात्रालाई गति दिन सरकार परिवर्तन गर्न नहुने बताए।

पार्टी एकताका सन्दर्भमा कुरा गर्दै एकताको पक्रिया लगभग टुंगोमा पुगिसकेको बताए। एकताको प्रक्रिया टुंगिएकाले अब पार्टीले गति लिने उनको भनाइ थियो। ‘केन्द्रदेखि तल्लो तहसम्म एकताको काम लगभग सकिएको छ’, उनले भने, ‘अब पार्टीले गति लिन्छ, सबै कमिटीहरु चलायमान हुन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .