ad ad

छापा खबर


यी हुन् माेटाेपन घटाउने पाँच उपाय

यी हुन् माेटाेपन घटाउने पाँच उपाय

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ५:७,

मोटोपनले शारीरिक सौन्दर्य मात्र बिगार्दैन विभिन्न रोगसमेत निम्तयाउँछ।

मानिस मोटोपन घटाउने उपाय नपाएर चिन्तित भइरहेका हुन्छन्।

यसै सन्दर्भमा आजको नयाँ पत्रिकाले मोटोपन घटाउने उपाय पाँच बुँदामा दिएकाे छ :

१. थोरै खाने, दिनमा तीन–चारपल्ट खाने बानी राम्रो हो । सधैँ नियमित रूपले खाना खानुपर्छ ।

२. तौल घटाउन व्यायाम गर्नुपर्छ । बिहान सबेरै हिँड्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ । योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ ।

३. जंकफुड र गुलियो खानेकुराले मोटोपन बढाउँछ । भोक लागेका वेला कम क्यालोरी दिने खानेकुरा गाँजर, काँक्रो, कागतीको सर्बत आदि खानुपर्छ ।

४. मोटोपन घटाउने बहानामा खाना खान कम गर्नु राम्रो होइन । यसबाट हाम्रो शरीरमा नराम्रा असर देखापर्छन् । उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने गलत धारणा पनि राख्नुहुँदैन ।

५. नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ । आत्मबलले अनुचित इच्छा वा लतलाई दबाउनुपर्छ । तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याको सजिलै निराकरण गर्न सकिन्छ । प्रशस्त पानी पिउनुपर्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .